सोमबार, वैशाख २३ गते २०८२

काठमाडौंमा जथाभावी हरन बजाए कारबाही

काठमाडौंमा जथाभावी हरन बजाए कारबाही

अखबार दैनिक
शुक्रबार, माघ ४ २०८१
  • काठमाडौंमा जथाभावी हरन बजाए कारबाही

    काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउने भएको छ । बिहीबार काठमाडौंमा ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा मजुदुर टे«ड युनियनबीच भएको छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले नो हर्न प्लीज अभियानलाई पूर्णरुपमा लागू गर्ने बताएका हुन् ।

    images

    उपत्यका ट्राफिक प्रहरी कार्यालय २०७३ सालमा नो हर्ज प्लीज अभियान सुरु गरेपनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । ट्राफिक प्रहरी प्रमुख घिमिरेले जनताचेतनामूलक कार्यक्रम गर्दै हर्न बजाउन नपाइने नियमलाई कार्यान्वयन गर्ने बताए । उनले सार्वजनिक यातायातलाई व्यवस्थीत गर्न र सेवाग्राहीलाई सहज सेवा दिन यातायात व्यवसायीले पनि प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे ।

    त्यस्तै, यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुलुकमा सवै क्षेत्रमा सुधार देखिएपनि राज्यले यातायात क्षेत्रको सुधारमा ध्यान दिन नसेकेको बताए । भक्तपुरदेखि काठमाडौंसम्म द्रुतबसको सेवा सुरु गरेपनि पूर्वाधारलाई ध्यान दिन नसक्दा द्रुतबस सञ्चालनमा समस्या भएको उनले बताए । उनले यातायात क्षेत्रलाई सुधार गर्नका लागि छुट्टै लेनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ