सोमबार, वैशाख २३ गते २०८२

कजारिया रमेश टायल्सद्वारा पार्टनर्स मिट आयोजना

कजारिया रमेश टायल्सद्वारा पार्टनर्स मिट आयोजना

अखबार दैनिक
शुक्रबार, माघ ४ २०८१
  • कजारिया रमेश टायल्सद्वारा पार्टनर्स मिट आयोजना

    काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौं म्यारियट होटलमा आफ्नो डिलर्स मीट आयोजना गरेर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । यस विशेष कार्यक्रममा नेपालभरबाट १०० भन्दा बढी डिलरहरूको सहभागिता रहेको थियो ।

    images

    कार्यक्रममा कजारिया सिरेमिक्स लिमिटेड इंडियाका संयुक्त प्रबन्ध निर्देशक चेतन कजारिया र ऋषि कजारियाले उपस्थित भएर सम्बोधन गरी कार्यक्रममा डिलरहरूसँग सक्रिय रुपमा संवाद गरे । साथै डिलरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउन भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने योजना व्यक्त गरेका छन् ।

    कार्यक्रमको प्रमुख आकर्षण कजारिया रमेश टायल्स लिमिटेडको नयाँ अन्तर्राष्ट्रिय गुणस्तरको ३०x६० सिएम सिरेमिक वाल टायलको भव्य सार्वजनिक प्रदर्शन थियो। आधुनिक प्रविधिले बनेको यस टायलले उत्कृष्ट डिजाइन र मजबुतिको उदाहरण प्रस्तुत गरेको छ । नेपालमा पहिलो पटक यसलाई प्रस्तुत गर्दै, कजारिया रमेश टायल्स लिमिटेडले बजारमा ५० भन्दा बढी विशेष र स्टाइलिश डिजाइनहरू ल्याउँदै छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ