काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी सामान्य बढेको छ । शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।