सोमबार, वैशाख २३ गते २०८२

ललितपुर गोदावरीको जंगलको आगलागी नियन्त्रणमा

ललितपुर गोदावरीको जंगलको आगलागी नियन्त्रणमा

अखबार दैनिक
शुक्रबार, माघ ११ २०८१
  • ललितपुर गोदावरीको जंगलको आगलागी नियन्त्रणमा

    ललितपुरको गोदावरीस्थित जंगलको आगलागी नियन्त्रणमा आएको छ। शुक्रबार बिहान साढे ५ बजेदेखि गोदावरी नगरपालिका-२ गोदामचौरस्थित विशंखुनारायण मन्दिर नजिकको जंगलमा आगो लागेको हो। डढेलो लागेपछि बिहानैदेखि प्रहरी र स्थानीयहरूले निभाउने प्रयास गरेका थिए।

    images

    प्रहरी प्रभाग बाँडेगाउँबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो। ९ बजेतिर उक्त आगलागी नियन्त्रणमा आएको प्रहरी वृत्त सातदोबाटोले जानकारी दिएको छ। आगलागीबाट मानवीय क्षति नभएको डिएसपी चित्रबहादुर भट्टराईले बताए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ