सोमबार, वैशाख २३ गते २०८२

दुधौली नगरप्रमुख बारे गलत हल्ला फैलाइएको भन्दै सचिवालयको ध्यानाकर्षण

दुधौली नगरप्रमुख बारे गलत हल्ला फैलाइएको भन्दै सचिवालयको ध्यानाकर्षण

अखबार दैनिक
मंगलबार, माघ १५ २०८१
  • दुधौली नगरप्रमुख बारे गलत हल्ला फैलाइएको भन्दै सचिवालयको ध्यानाकर्षण

    सिन्धुली। दुधाैली नगरपालिकाका प्रमुख दिनेश अधिकारीका बारे भ्रामक कुरा फैलाइएकाे भन्दै नगर प्रमुखको सचिवालयले खण्डन गरेको छ । केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा नगर प्रमुख अधिकारी र प्रमुख प्रशासकीय अधिकृत बिच द्वन्द बढेका कारण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन हुन पुगेको लगायतका समाचार सम्प्रेषण भएपछि प्रमुखकाे सचिवालयले साे समाचार तथ्यहिन र भ्रामक भएको बताएको हो ।

    images

    प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयले सामाजिक सञ्जालमा आएका समाचारहरु आधारहिन भएको स्पष्ट पारेको छ । सचिवालयले नगर कार्यपालिकाकाे आन्तरिक गाेपनियता र पदीय मर्यादामा समेत आँच आउने भ्रामक समाचार सम्प्रेषण गरिएको भन्दै उक्त समाचार खारेज गर्ने जनाएको छ ।

    नगरपालिकाले २०७८ सालमा गरेका विभिन्न कामहरूलाई समेत विगतको नेतृत्वले गरेकाे भनेर आराेप लगाइनुले नियाेजित रुपमा नगरपालिकामाथि आक्षेप लगाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    दुधाैली नगरपालिका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिवर्तनका लागि याेजनावद्द रुपमा प्रतिवद्द भएर लागेकाे पनि स्पष्ट पारिएकाे छ । विगतका बेथितिहरुलाई न्यूनिकरण गर्दै नगरपालिका थिति, विधि र पद्धतिका साथ अघि बढेको विज्ञप्तिमा जनाइएको छ ।

    नगरपालिकाले सामाजिक सञ्जालमा गरिएको हल्लाहरुकाे पछि नलागी रचनात्मक काममा सहयोग गर्न पनि नगरबासीलाई आग्रह गरेको छ 

    81813cd0-ec7f-4344-b556-db98a7c672e8.jpeg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ