सोमबार, वैशाख २३ गते २०८२

उदयपुरको बेलका नगर क्षेत्रमा देखिन थाले गिद्ध

उदयपुरको बेलका नगर क्षेत्रमा देखिन थाले गिद्ध

अखबार दैनिक
मंगलबार, माघ १५ २०८१
  • उदयपुरको बेलका नगर क्षेत्रमा देखिन थाले गिद्ध

     

    images

    उदयपुर। उदयपुरको बेलका नगरपालिका– ८ र ९ स्थित चिम्पाकोट, बोप्ताङडाँडा र सुगाचरी क्षेत्रमा गिद्धको संख्या बढ्न थालेको छ । बेलका नगरपालिकाले २०७५ सालदेखि गिद्ध संरक्षण अभियान सञ्चालन गरेसँगै गिद्धको सङ्ख्या बढ्न थालेको वडा नं ८ का हर्कबहादुर राईले जानकारी दिए ।

    गिद्ध संरक्षणका लागि नगरक्षेत्रमा मरेका पशु उपलब्ध गराउने र बासका लागि सिमलको रुख रोपेपछि गिद्धको सङ्ख्या बाक्लिन थालेको उनको भनाइ छ । नगरपालिका प्रमुख अशोक कार्कीले नगरपालिकाले अहिले पनि गिद्ध संरक्षणका लागि काम गर्दै आएको बताए ।

    यहाँ बसोबास गर्ने गिद्ध आहारको खोजीमा कोशी क्षेत्र आसपास र सुनसरी, मोरङ, झापा, सप्तरी, सिरहा, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुट्टा, संखुवासभासम्म पुग्ने गरेका छन् । रासस

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ