सोमबार, वैशाख २३ गते २०८२

ललितपुरको छपेली-माझखण्डमा ३५ सिट क्षमता भएको केबलकार बनाइँदै

ललितपुरको छपेली-माझखण्डमा ३५ सिट क्षमता भएको केबलकार बनाइँदै

अखबार दैनिक
बिहीबार , माघ २४ २०८१
  • ललितपुरको छपेली-माझखण्डमा ३५ सिट क्षमता भएको केबलकार बनाइँदै

    काठमाडौं । ललितपुरमा ३५ सिट क्षमता भएको केबलकार निर्माण हुने भएको छ । ललितपुरको छपेलीदेखि माझखण्डसम्म सञ्चालनमा आउने केबलकारको बटम स्टेशन सोमबार प्रतिनिधि सभा सदस्य उदयशम्शेर राणाले शिलान्यास समेत गरिसकेका छन् । ‘छपेली-माझखण्ड केबुलकार र पर्यटन परियोजना’ ले निर्माण गर्न लागेको केबलकारको टप स्टेशन माझखण्ड १ हजार ७ सय मिटर उचाइमा रहेको छ । जहाँबाट हिमाल, पहाड र तराईको वीरगञ्जसम्मका दृश्य एकैसाथ अवलोकन गर्न सकिन्छ । 

    images

    यो दक्षिण एशियाकै पहिलो अत्याधुनिक केबुलकार भएको कम्पनीको दाबी । एक स्टेसनबाट अर्को स्टेसनमा ३५ यात्रु बोक्ने बाइगोण्डोला सिस्टम रहने केबुलकार नेपालकै पहिलो युरो स्ट्याण्डर्ड सर्टिफाइड हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार उक्त केबलकारको बीचबीचमा पोलहरु नहुने, सुरु र अन्त्यको स्टेशनमा मात्रै पोल हुनेछ ।

    काठमाडौंबाट हेटौंडा जाने कान्तिलोकपथमा पर्ने छपेलीबाट सुरू हुने केबुलकारमा माझखण्डसम्मको २.८ किलोमिटरको यात्रा ५ मिनेटमा पूरा हुने कम्पनीले जनाइएको छ । मझखण्ड-छापेली केबुलकार छापेलीबाट सुरु हुन्छ । जुन ललितपुरको सातदोबाटोबाट २६ किलोमिटर दूरीमा पर्छ ।

    माझखण्डमा महारुद्रेश्वर महादेव तथा बौद्ध गुम्बा र बिहारसहितको धार्मिक धाम पनि रहेको हुँदा पर्यटन प्रवर्धनका लागि यो केबुलकार महत्वपूर्ण हुने कम्पनीले जनाएको छ । माझखण्डभन्दा करिब ५ किलोमिटर माथि रमितेबाट सगरमाथाको रेञ्ज, तराई मधेश र काठमाडौं उपत्यकासमेत एकैस्थलबाट दृश्यावलोकन गर्न सकिन्छ । 

    केबलकार निर्माणका लागि प्रशासनिक कार्य सबै सकिएको र अब भौतिक निर्माणको चरणमा प्रवेश गरेको कम्पनी अध्यक्ष गोपाल सञ्जेलले जानकारी दिए ।केबुलकार लगयतका पूर्वाधार निर्माणका संरचनाहरू बढीमा १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

    विभिन्न वित्तीय संस्था र बैंकको लगानीमा निर्माण हुने यस परियोजनामा केबलकारसहित सुविधा सम्पन्न होटेल, रेष्टुरेण्ट, फनपार्क, जीपलाइन आदि पूर्वाधार निर्माणको कार्य सँगसँगै अघि बढाइने कम्पनीले जनाएको छ । पाँच वर्षअघि केबलकार निर्माणमा ८२ करोड, होटल, फनपार्क सहितको रेस्टुराँमा ३१ करोड गरि कूल १ अर्ब १३ करोड लगानी हुने अनुमान गरिए पनि अहिले लागत बढेर करिब डेढ अर्ब पुग्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ