सोमबार, वैशाख २३ गते २०८२

पाँच प्रदेशमा हिमपातको सम्भावना

पाँच प्रदेशमा हिमपातको सम्भावना

अखबार दैनिक
आइतबार, माघ २७ २०८१
  • पाँच प्रदेशमा हिमपातको सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सोही वायुको प्रभावले आज आइतबार तीन प्रदेशमा आंशिक बदली भइरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लागेको छ ।

    images

    आज दिउँसो र राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहानीपख तराईमा हुस्सु लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ