सोमबार, वैशाख २३ गते २०८२

रक्षामन्त्रीको गाडीले मोटरसाइकललाई दियो ठक्कर

रक्षामन्त्रीको गाडीले मोटरसाइकललाई दियो ठक्कर

अखबार दैनिक
आइतबार, माघ २७ २०८१
  • रक्षामन्त्रीको गाडीले मोटरसाइकललाई दियो ठक्कर

    काठमाडौं । रक्षामन्त्रीको गाडीले काठमाडौंको माइतीघरमा एउटा मोटरसाइकललाई ठक्कर दिएको छ । रक्षामन्त्री मानवीर राई चढेको गाडीले पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    images

    मन्त्रीको गाडीलाई पछ्याइरहेको सुरक्षाकर्मीको गाडीले एक्कासी रोकिएको मन्त्रीको गाडीलाई पछिबाट ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्जय राउतका अनुसार मन्त्रीको गाडीले एउटा मोटरसाइकललाई सामान्य ठक्कर दिएको पुष्टि गरे ।

    “मन्त्रीज्यू चढेको गाडीले मोटरसाइकललाई सामान्य ठक्कर दिएको रहेछ, उक्त गाडीले मन्त्रीज्यूलाई सिंहदरबार पुर्‍याएर अहिले छलफलका लागि चालकसहित गाडी त्यहीँ पुर्‍याइएको छ,” उनले भने ।उनका अनुसार मोटरसाइकल लुकिङ् ग्लास फुटेको छ भने चालकलाई कुनै चोटपटक लागेको छैन । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ