सोमबार, वैशाख २३ गते २०८२

धनगढीमा विद्यालयबाट फर्किँदै गर्दा किशोरी बलात्कृत

धनगढीमा विद्यालयबाट फर्किँदै गर्दा किशोरी बलात्कृत

अखबार दैनिक
आइतबार, माघ २७ २०८१
  • धनगढीमा विद्यालयबाट फर्किँदै गर्दा किशोरी बलात्कृत

    धनगढीमा विद्यार्थी बलात्कृत भएकी छन् । स्थानीय विद्यालय कक्षा ७ मा अध्ययनरत किशोरीमाथि गत बिहीबार साँझ बलात्कार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । बाजुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीलाई एक किशोरले आफ्नै घरमा लगेर बलात्कार गरेका थिए ।

    images

    प्रहरीका अनुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले धम्क्याउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् ।

    ‘हामीले शनिवार मात्र घटनाबारे जानकारी पाएका हौँ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कबिन्द्रसिंह बोहराले भने, ‘किशोरीमाथि घरमै बलात्कार गरेको आरोप छ । आरोपित युवक फरार छन् ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ