बिहीबार , साउन २१ गते २०८३

अमेरिकाले कोरोना नियन्त्रणका लागि गर्यो थप ५५ लाख अमेरिकी डलर सहयोग

अमेरिकाले कोरोना नियन्त्रणका लागि गर्यो थप ५५ लाख अमेरिकी डलर सहयोग

अखबार दैनिक
बुधबार, जेठ २८ २०७७
  • अमेरिकाले कोरोना नियन्त्रणका लागि गर्यो थप ५५ लाख अमेरिकी डलर सहयोग

    २८ जेठ, काठमाण्डौं ।अमेरिकाले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि थप सहयोग गरेको छ।यसअघि अमेरिकाले १८ लाख डलर सहयोग गरेको थियो । अमेरिकानो यस अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसइआईडी) मार्फत नेपाललाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि थप ५५ लाख अमेरिकी डलर (करिब ६३ करोड रुपैयाँ) सहयोग गरेको हो।

    बिपदमा गरेको सहयोग नै सच्चा सहयोग देखिने गर्छ यस्तो दुखद घडीमा सहयोग गर्नुलाई कुनै पनि साझेदारीको सच्चा परीक्षाको रूपमा हेर्ने गरिन्छ ।  उत्थानशील, स्वस्थ, समृद्ध र आत्मनिर्भर नेपालको निर्माणप्रति प्रतिबद्ध छौं, अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई उदृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘थप सयोगसँगै युएसएआइडीको नयाँ कोभिड–१९ प्रतिकार्य सहायता घोषणा गर्दछु ।’ यस सहायतामार्फत युएसएआइडीले नेपालमा वर्तमान संकटका सहायक प्रभावहरूलाई सम्बोधन गर्न सधैं सहकार्य गर्न तत्पर रहेको जानकारी पनि दूतावासले दिएको छ ।

     अमेरिकाले निजी क्षेत्रको लगानीबाट लाभ लिँदै उक्त सहायताले जोखिम युक्त क्षेत्रमा स्थानीय सरकार तथा निकायहरूलाई कोभिड–१९ का आर्थिक–सामाजिक प्रभाव सम्बन्धी मूल्यांकन, योजना तथा प्रतिकार्य सम्बन्धी कार्यमा सघाउने छ विज्ञप्तिमा उल्लेख छ ।’

    विश्वव्यापी स्वास्थ्यको क्षेत्रमा दशकौंदेखि अमेरिका विश्वकै ठूलो द्विपक्षीय सहायता प्रदाताका रूपमा रहँदै आएको छ। सन् २००९ यता अमेरिकी करदाताले उदारतापूर्वक स्वास्थ्य सहायतास्वरूप १ खर्ब डलरभन्दा बढी सहयोग र मानवीय सहायतास्वरूप झन्डै ७० अर्ब डलर उपलब्ध गराएका छन्।  

    युएसएआइडील स्थानीय स्तरमा जोखिम सञ्चार सञ्चालन, प्रयोगशाला प्रणालीको तयारी, केस पत्ता लगाउने कार्य तथा निगरानीको क्रियाशीलता र प्राविधिक विशेषज्ञहरूलाई प्रतिकार्य तथा पूर्व तयारीका निम्ति सहयोगका लागिसमेत स्वास्थ्य सहायता प्रदान गरेको जनाएको छ।

    अमेरिकाले नेपाल सरकारसँग ७० वर्षभन्दा लामो समयदेखि बलियो तथा सहकार्यमूलक साझेदारी गर्दै आइरहेको छ र यसमार्फत नेपालका कृषि, शिक्षा, स्वास्थ्य, शिक्षा तथा अन्य आर्थिक–सामाजिक क्षेत्रको विकासका सहयोगार्थ १ अर्ब ५० करोड डलरभन्दा बढीको सहायता उपलब्ध गराएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार