सोमबार, वैशाख २३ गते २०८२

आर्यन र केकीसहितको पासपोर्ट दुरुपयोग सम्बन्धी मुद्दा दायर

आर्यन र केकीसहितको पासपोर्ट दुरुपयोग सम्बन्धी मुद्दा दायर

अखबार दैनिक
आइतबार, माघ २७ २०८१
  • आर्यन र केकीसहितको पासपोर्ट दुरुपयोग सम्बन्धी मुद्दा दायर

    नेपाली कलाकारहरू केकी अधिकारी, आर्यन सिग्देल, दीपकप्रसाद आचार्यसहितका कलाकारको किटानी जाहेरीको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले रोशन पराजुलीविरुद्ध केही दिनअघि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । आफ्नो नाम र कागजात दुरुपयोग भएको भन्दै केकी, आर्यन, दीपकसहित अन्य केहीले २०७९ सालमै पराजुलीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा जाहेरी दिएका थिए । 

    images

    पराजुलीले कलाकारको आवरणमा नर्वेमा फिल्म छायांकन गर्छु भन्दै मानव तस्करी गरेको आरोप छ । फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि केकी र आर्यनसहित १४ जनालाई नर्वे लैजाने भन्दै रोशन पराजुली नामका व्यक्तिले दिल्लीस्थित नर्वेजियन दूतावासमा भिसाका लागि आवेदन दिएका थिए । दूतावासले काठमाडौंस्थित पर्यटन बोर्डमा टेलिफोन गरेर बुझेपछि यो प्रकरणको खुलासा भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ