सोमबार, वैशाख २३ गते २०८२

चितवनको देवघाट आउँदै गरेको बस धादिङमा दुर्घटना : एकजनाको मृत्यु, २३ घाइते

चितवनको देवघाट आउँदै गरेको बस धादिङमा दुर्घटना : एकजनाको मृत्यु, २३ घाइते

अखबार दैनिक
सोमबार, माघ २८ २०८१
  • चितवनको देवघाट आउँदै गरेको बस धादिङमा दुर्घटना : एकजनाको मृत्यु, २३ घाइते

    भक्तपुरबाट चितवनको देवघाटतर्फ जाँदै गरेका तीर्थयात्री सवार गाडी धादिङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २३ जना घाइते छन् । गए राति (माघ २७) करिब १० बजेर ५ मिनेटमा धादिङको थाक्रे गाउँपालिका–७, सातकिल्ला भन्ने स्थानमा बा३ख ८९२३ नम्बरको बस दुर्घटना भएको हो । बस अनियन्त्रित भई सडकछेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले धादिङले जनाएको छ ।

    images

    दुर्घटनामा परी दोलखाको भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेले मृत्यु भएको छ । काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा सोमबार (माघ २८) बिहान १ बजेर ५ मिनेटमा उनको मृत्यु भएको धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।

    घाइतेको उपचार जारी छ । प्रहरी अस्पतालमा नौ, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, काठमाडौंकै बाँसबारीस्थित न्युरो अस्पतालमा पाँच र धादिङको साइबाबा अस्पतालमा एक घाइतेको उपचार भइरहेको उनले बताए । उनका अनुसार, अधिकांश घाइते पनि दोलखाकै छन् । “रिजर्भ गाडी दुर्घटना भएको हुन सक्ने अनुमान छ,” डीएसपी हमालले भने, “अरू घाइते रिकभर (ठिक) हुन सक्ने अवस्थाको देखिन्छ ।”

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ