काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार मः म पसलमा आगलागीमा परी घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ ।
उपचारको क्रममा सोमबार राति कीर्तिपुरस्थित बर्न अस्पतालमा रबिन राई र भिमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको हो । अन्य घाइतेहरको उपचार भइरहेको छ । गत बिहीबार बिहान उक्त मःम पसलमा ग्यास चुहावटका कारण आगलागी हुदाँ ११ जना घाइते भएका थिए ।