सोमबार, वैशाख २३ गते २०८२

त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन

त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन

अखबार दैनिक
शुक्रबार, फागुन २ २०८१
  • त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन

    नारायणगढबाट काठमाडौँतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूली नदीमा बेपत्ता भएका छन्। चितवनको इच्छाकामना गाउँपालिका–५ मा डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा मोटरसाइकल चालक बेपत्ता भएका हुन् ।

    images

    जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञान कुमार महतोले दिएको जानकारी अनुसार बेपत्ता चालकको पर्समा भेटिएको कागजातका अनुसार उनी भारतीय सेनामा कार्यरत (गोर्खा राइफल म्यान) रहेको पुष्टि भएको छ। उनी लम्जुङ घर भएका २७ वर्षीय रोहित राना हुन्।

    हाल रानालाई खोज्न गर्न गोताखोर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जना गोताखोर टोली खोजीमा जुटेको छ । आज (शुक्बार) बिहान ११ः५५ बजे बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुघृटना भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार