मंगलबार, भदौ २५ गते २०८२

आईपीयूको स्वास्थ्य समिति सदस्यमा रास्वपा सांसद गौतम निर्वाचित

आईपीयूको स्वास्थ्य समिति सदस्यमा रास्वपा सांसद गौतम निर्वाचित

अखबार दैनिक
बुधबार, चैत २७ २०८१
  • आईपीयूको स्वास्थ्य समिति सदस्यमा रास्वपा सांसद गौतम निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतम १५० औं अन्तर संसदीय संघ (आईपीयू) को महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित भएकी छिन् । आईपीयूको शासकीय परिषद्ले गौतमसहित अन्य १५ मुलुकका सदस्यलाई चार वर्षका लागि निर्वाचित गरेको हो । सन् २०२९ को मार्चमा सो समितिको कार्यकाल समाप्त हुनेछ ।

    महासभाको २१४ औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नतिर गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय भएको थियो । सोही अनुसार बनेको समितिमा नेपालको तर्फबाट सांसद गौतम निर्वाचित भएकी हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ