मंगलबार, भदौ २५ गते २०८२

अब जेन जीले नेतृत्व गर्नुपर्छ, संसद् विघटन गरे सेनासँग वार्ता गर्छौँ : बालेन

अब जेन जीले नेतृत्व गर्नुपर्छ, संसद् विघटन गरे सेनासँग वार्ता गर्छौँ : बालेन

अखबार दैनिक
मंगलबार, भदौ २५ २०८२
  • अब जेन जीले नेतृत्व गर्नुपर्छ, संसद् विघटन गरे सेनासँग वार्ता गर्छौँ : बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले अब जेन जी पुस्ताले नै देशको नेतृत्व गर्नु पर्ने बताएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि प्रमुख शाहले यस्तो बताएका हुन् । 

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो । प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !! देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला !'

    उनले नेपाली सेनासँथ वार्ता गर्न तयार रहेको बताएका छन् । 'सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ,' शाहले भने । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार