शनिबार, वैशाख २१ गते २०८२

प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह

प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह

अखबार दैनिक
मंगलबार, वैशाख १० २०८२
  • प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ । प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभाबी फोहर नबाल्न महानगरले आग्रह गरेको हो ।

    images

    महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले प्रदूषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताइन्।

    महानगरबाट फोहर संकलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहर विसर्जन गर्न उनले महानगरवासीलाई अनुरोध गरे । उद्योग कलकारखानालाई ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न पनि विभाग प्रमुख राईले आग्रह गरिन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ