शुक्रबार, वैशाख २० गते २०८२

तिलामा स्वास्थ्य शिविर सञ्चालन गरिने

तिलामा स्वास्थ्य शिविर सञ्चालन गरिने

अखबार दैनिक
मंगलबार, वैशाख १० २०८२
  • तिलामा स्वास्थ्य शिविर सञ्चालन गरिने

    तिला गाउँपालिकाले विशेषज्ञ सेवासहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । यही वैशाख ११ देखि १२ गतेसम्म घोडेमहादेव स्वास्थ्य चौकी र वैशाख १३ देखि १४ गतेसम्म कुडारी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो ।

    images

    स्वास्थ्य शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक टोलीले बिरामीको जाँच गर्ने तिला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हर्क रावतले जानकारी दिनुभयो । चार दिनसम्म सञ्चालन हुने स्वास्थ्य शिविरबाट लाभ लिन उहाँले आग्रह गर्नुभयो ।

    ‘जनतासँग अध्यक्ष–उपाध्यक्ष चिकित्सक कार्यक्रम’अन्तर्गत घोडेमहादेव स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो । गत फागुन १४ गते स्वास्थ्य शाखाले पालिकाको जुम्लाकोट स्वास्थ्य चौकीमा समेत क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन शिविर सञ्चालन गरेको थियो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ