नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरुद्ध जाहेरी दिएका छन्।
आइतबार काठमाडौं परिसर पुगेर उनीहरूविरुद्ध नेविसंघले जाहेरी दिएको हो। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू मनिश जङ थापा, अशोक सिंह बिष्ट र बिजय शाहले संयुक्तरुपमा हस्ताक्षर गरेर साहर र गुरूङविरुद्ध किटानी जाहेरी दिएका हुन्। उजुरी पछि केन्द्रीय सदस्य विष्टले भने,'हामीले जाहेरी दिएका छौं। २४ घण्टाभित्र जाहेरी दर्ता गरेर घटनामा संलग्नहरूलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छौं।'