बैशाख ११ काठमाडौं । आज लोकतन्त्र दिवसको अवसरमा प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले भृकुटीमण्डपमा विशेष कार्यक्रम गर्दैछ । एमालेले यस कार्यक्रमलाई ‘युथ सेलिब्रेशन’ को नाम दिएको छ । कार्यक्रममा ४० वर्ष मुनिका एक लाख युवा उतार्ने घोषणा गरिसकेको छ ।
अहिले दिउँसो १ बजेबाट कार्यक्रमस्थलमा रौनकता देखिएको छ । कार्यक्रममा युवा पुस्ताका नेताले पनि सम्बोधन गर्ने भनिएको छ । मुख्य कार्यक्रम सुरु हुनुअघि अहिले भृकुटीमण्डपको प्राङ्गणमा भेला भएकाहरुले फोटो सेशन गरिरहेका छन् ।