शुक्रबार, वैशाख २० गते २०८२

मेटमणिको चेतावनी : शिक्षकको माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला

मेटमणिको चेतावनी : शिक्षकको माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला

अखबार दैनिक
मंगलबार, वैशाख १७ २०८२
  • मेटमणिको चेतावनी : शिक्षकको माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला

    वैशाख १६ काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले शिक्षकहरूका माग सम्बोधन नगरे सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद चौधरीले शासकहरू भाग्नुपरेको इतिहास स्मरण गराए ।

    images

    ‘शिक्षकका मागअनुसार शिक्षा विधेयकलाई टुंग्याउनको लागि हार्दिक अनुरोध गर्दछु । अन्यथा सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला,’ उनले भने, ‘शासकहरू भागेको कुरा सुन्नुभएको होला नि, पढ्नु भएको पनि होला ।’

    शिक्षकका जायज मागहरू पूरा गर्न यथाशीघ्र शिक्षा ऐन नल्याए शासकहरु भाग्नुपर्ने परिस्थिति बन्ने उनको टिप्पणी छ । ‘जनताको अगाडि बहुमत र दुई तिहाईको अंकले काम गर्दैन भन्ने कुरा बंलादेशतिर हेरे पुग्छ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ