काठमाडौं। विकास हाइड्रोपावरले आइपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विकास हाइड्रोपावरलाई सेयर निष्कासन गर्न मंगलबार अनुमति दिएको हो।
सेबोनबाट अनुमति पाएसँगै हाइड्रोपावरले ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ९० लाख ९१ हजार कित्ता आइपीओ निष्कासन गर्नेछ।
हाइड्रोपावरको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।