बिहीबार , जेठ ३ गते २०८२

सांसद गैरेले उठाए आफ्नै अध्यक्ष प्रधानमन्त्री रहेको सरकारको कार्यक्षमतामाथि प्रश्न

सांसद गैरेले उठाए आफ्नै अध्यक्ष प्रधानमन्त्री रहेको सरकारको कार्यक्षमतामाथि प्रश्न

अखबार दैनिक
बिहीबार , जेठ ३ २०८२
  • सांसद गैरेले उठाए आफ्नै अध्यक्ष प्रधानमन्त्री रहेको सरकारको कार्यक्षमतामाथि प्रश्न

    काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले महालेखा परीक्षकको प्रतिवेदनले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको सरकारको कार्यक्षमतामाथि प्रश्न उठेको बताएका छन् । 

    images

    प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद गैरेले भने, ‘महालेखा परीक्षकको कार्यालयले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको वार्षिक प्रतिवेदनमा देखिएको बेरुजुले हाम्रो अर्थतन्त्र र सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् ।’ 

    सांसद गैरेले राज्यका निकाय र त्यससँग जोडिएका व्यक्तिले आर्थिक अनुशासन पालना गर्न नसक्दा यस्तो समस्या देखिएको बताए ।  उनले बेरुजु बढ्दै गएमा हामी कहाँ पुग्छौ भन्दै प्रश्न समेत गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ