बिहीबार , साउन २१ गते २०८३

बन्धक रिहाइ र युद्धविराम माग गर्दै इजरायलमा थप प्रदर्शन

बन्धक रिहाइ र युद्धविराम माग गर्दै इजरायलमा थप प्रदर्शन

गाजा कब्जा योजनाविरुद्ध इजरायलमा भएको प्रदर्शन र गाजामा भर्खरै जन्मिएका कुपोषणग्रस्त नवजात शिशु (इन्सेटमा) ।

अखबार दैनिक
आइतबार, भदौ ८ २०८२
  • बन्धक रिहाइ र युद्धविराम माग गर्दै इजरायलमा थप प्रदर्शन

    एजेन्सी – गाजापट्टीमा सक्रिय लडाकु समूह हमासलाई निमिट्यान्न पार्ने भन्दै हमला गरिरहेको इजरायलमा बन्धक रिहाइ र युद्धविराम माग गर्दै थप प्रदर्शन भएको छ । झण्डै एक महिनादेखि जारी प्रदर्शन पछिल्ला दिनमा व्यापक बनेको हो ।

    शनिबार इजरायलका कयौँ शहरमा भएका प्रदर्शनमा निकै ठूलो सङ्ख्यामा इजरायलीहरूले भाग लिएका छन्‌ । प्रदर्शनमा सहभागीहरूले गाजा शहर कब्जा गर्ने सेनाको योजनाका कारण हमासको कब्जामा बाँकी रहेका बन्धनहरूको जीवन थप जोखिममा परेको बताएका छन्‌ ।इजरायलका पूर्व रक्षामन्त्री बेनी गेट्जले बन्धक रिहाइलाई प्राथमिकता दिँदै एक अन्तरीम राष्ट्रिय एकताको सरकार बनाउन आह्वान गरेका छन्‌ ।

    प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूको वर्तमान सत्ता गठबन्धन उग्रदक्षिणपन्थी सदस्यहरूको भरमा टिकेको छ । यो पक्षले युद्ध अन्त्य गर्ने नाममा हमाससँग कुनै पनि सम्झौता गर्न नहुने अड्डी लिने गरेको छ ।यसबीच गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा इजरायली हमला र कुपोषणका कारण ६० भन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ ।

    राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटरेसले गाजाको अवस्थालाई लिएर ‘मानवता विफल’ भएको बताएका छन्‌ । उनले तत्काल युद्धविराम, बाँकी बन्धक रिहाइ र मानवीय पहुँच सुनिश्चितता निम्ति आह्वान गरेका छन्‌ ।निरन्तर आक्रमण र लादेको प्रतिबन्धले गाजामा गम्भीर मानवीय सङ्कट निम्तिएपछि यतिखेर विश्वभर नै इजरायलको चर्को आलोचना भइरहेको छ ।

    त्यहाँ भोका मानिसहरूलाई खाना पुर्‍याउन र युद्धपीडितलाई उद्दार गर्न खटिएका सहायताकर्मीको समेत इजरायलले हत्या गरिरहेको छ । बालबालिकाहरू अभिभावकसँगै भोकैप्यासै तड्पिरहेका छन्‌ । सङ्युक्त राष्ट्रसङ्घले गाजामा ‘अनिकाल’ घोषणा गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार