राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनवाइ हुँदैछ । मिश्रको तर्फबाट उनकी पत्नी सारिका कार्कीले रिट दायर गरेकी थिइन् । मिश्रलाई हिजो सर्वोच्चमा शशरीर उपस्थित गराएर फर्काइएको थियो । आज सो मुद्दा इजलास नम्बर ५ मा परेको छ । न्यायाधीसद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठले मुद्दाको सुनवाइ गर्नेछन् ।
