शुक्रबार, जेठ ४ गते २०८२

हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छः प्रधानमन्त्री

हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छः प्रधानमन्त्री

अखबार दैनिक
शुक्रबार, जेठ ४ २०८२
  • हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छः प्रधानमन्त्री

    काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । आजदेखि यहाँ सुरु सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन गर्दै उहाँले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका रहेको हिमाल बचाउनका लागि विश्व समुदाय एकजुट हुन आवश्यक भएको बताउनुभएको हो ।

    images

    प्रधानमन्त्री ओलीले भन्नुभयो, “जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ, उनीहरूले संवेदनशील राष्ट्रहरूलाई वित्त, प्रविधि, र क्षमता अभिवृद्धिमार्फत सहयोग गर्नुपर्छ ।” विश्वका विभिन्न तीन दर्जनभन्दा बढी मुलुकका प्रतिनिधि र विश्व बैंक, एसियाली विकास बैंक, विमिस्टेक, सार्कलगायत क्षेत्रीय र बहुपक्षीय अन्तरराष्ट्रिय ६१ सङ्घ संस्थाका प्रतिनिधि सहभागी रहेको सगरमाथा संवाद तीन दिनसम्म सञ्चालन हुनेछ ।

    सम्बोधनको पूर्णपाठ
    सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरुलाई स्वागत गर्न पाउनु मेरा निम्ति गहिरो सम्मान र हार्दिक अबसर दुवै हो । नेपालको विश्वसँगको यो संवाद, पहलकदमी, गहन विचार विमर्शको लागि प्लेटफर्म, सिद्धान्तनिष्ठ सहभागिताको लागि अवसर, र, हाम्रो समयका अत्यन्त गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्ने साझा प्रयास हो । आज, लोकल र ग्लोबलु छुट्याउने सीमाहरू लगभग हराइसकेका छन् । संसारको कुनै एक कुनामा घटेको घटना, तत्कालै सबैतिर फैलिन्छ । एउटा भूभागमा सल्किएको डँढेलोले अर्को भूभागको आकाश अन्धकारमय बनाउँछ।

    टाढाका हिमनदीहरू पग्लँदा वर्षाको चक्र विथोलिन्छ, खेतबारी बाढीले डुबाउँछ, र फाँटहरू सुख्खा र बाँझो बन्न पुग्छन् । केही थोरैले गरेको निर्णयले धेरैको भाग्य बदल्न सक्छ। यही गहिरो अन्तरनिर्भर यथार्थभित्र, इमानदार संवादको लागि स्थान, आपसी ज्ञान साटासाट गर्न, र सामूहिक कदम चाल्न गरमाथा संवादको जन्म भएको हो । हामीले यसलाई सगरमाथाको नाममा समर्पण गरेका छौं, सगरमाथा, पृथ्वीको सर्वोच्च शिखर !

    र आशा गर्छौं यो संवाद, हाम्रो संवाद, त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टतामा, दृढ बौद्धिक साहसमा, र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा । महिला तथा सज्जनबृन्द, आज हाम्रो विश्व अग्ला, बहुपक्षीय चुनौतीका पहाड सामु खडा छ। चुनौतीहरू विशाल छन् तीव्र रूपमा नजिकिंदै छन् । महामारीपछिको पुनःस्थापना अझै नाजुक छ। जलवायु सङ्कट झन् तीव्र बन्दैछ। संसारका थुप्रै ठाउँहरूमा शान्ति र सौहार्दता झनै टाढिँदै गएको अनुभूति हुन्छ। वैश्विक शासनप्रणालीप्रति विश्वास क्रमशः घट्दै गएको छ। असमानता, देशभित्र र देशहरुका बीचमा, गहिरिँदो छ। एक समय पथप्रदर्शक बनेको बहुपक्षीयता, अहिले डरलाग्दो अन्यौलको आँधीमा रूमलिएको छ। र अझै, यस्तो अन्यौलका बीच हामी, सरल तर शक्तिशाली विश्वासमा अडिग छौंः
    संवादको शक्ति ।

    महिला तथा सज्जनबृन्द,
    नेपाल भूगोलको टुक्रा मात्रै होइन । यो पवित्र भूमि हो, जहाँ प्रत्येक चट्टान र झरनाबाट बौद्धिकता प्रस्फुटित हुन्छ। यहीँ, चेतना जागृत भएको थियो। यो बुद्धको भूमि हो । यसै माटोबाट एउटा यस्तो प्रकाश उदायो, जसले मानवतालाई शान्ति, करुणा, र समन्वयको बाटो देखायो। यो त्यही भूमि हो, जहाँ सन्तहरूले ध्यान गरे। साधकहरुले सत्य फेला पारे। र जहाँ ऋषिहरुले मानव आत्मालाई अझै पनि प्रेरित गर्ने ज्ञानको अमूल्य भण्डार सारा संसारलाई अर्पण गरे।

    नेपाल सदा खोजकर्ताहरूको थलो रहँदै आएको छ। विजेताहरूको होइन, चिन्तकहरूको, युद्धको होइन संवादको । हाम्रो परम्परा, आदरपूर्वक आत्मबोध गर्ने सँस्कृतिमा अडेको छ। सच्चा मनले बोल्नेमा र सँगसँगै सत्य खोज्नेमा । सगरमाथा संवाद त्यही भावनामा जन्मिएको हो । हाम्रो प्राचीन परम्पराको एउटा सौम्य पुनरागमन ।

    यस्तो ुस्पेशु जहाँ प्रज्ञा नतमस्तक हुन्छ विनम्रताका साथ । जहाँ विविध स्वरहरू एकसाथ गुञ्जिन्छन् श्रद्धाका साथ । र जहाँ जवाफ खोजिन्छन् अहम् बाट होइन, सहअनुभूतिका साथ । हामीलाई एउटा प्राचीन सत्यले सम्झाउँछः वादे वादे जायते तत्त्वबोधः अर्थात् संवादबाटै सत्य । चर्को विभाजनको घडीमा पनि न मौनताले काम गर्छ, न त कर्कस आवाजले । सत्य संवादले काम गर्छ।
    सुन्नेर गुन्ने क्षमताले अन्तर्मनको वचनले ।

    सगरमाथा संवाद यस पवित्र परम्परालाई जीवन्त राख्ने हाम्रो विनम्र प्रयास हो । हाम्रो पहिलो थेमले, हाम्रो मनको कुरा भन्छस् जलवायु परिवर्तन, हिमालहरू, र मानवताको भविष्य ।’

    हिमाली मुलुक हुनुको नाताले, हाम्रा लागि यो थाहा नभएको विषय होइन, यो त हाम्रो दैनिक यथार्थ हो, तर, केवल हाम्रो मात्र होइन विश्वकै साझा चिन्ताको विषय हो। के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छ रु के हाम्रो भविष्य हाम्रा यी प्राचीन ुसंरक्षकुहरूका संरक्षणबिना बचाउन सकिन्छ रु हिमालहरू टाढाका लाग्न सक्छन् तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको छ।

    आर्कटिकदेखि एन्डीजसम्म,आल्प्सदेखि हिमालयसम्म तिनीहरू पृथ्वीका जल-भण्डार हुन् । तिनीहरू हाम्रो जलवायुका धुकधुकी हुन् । र, तिनीहरू अहिले भयङ्कर संकटमा छन्।
    तिनीहरूको नाजुकता, हाम्रो साझा असुरक्षित अवस्था हो । संसारकै सर्वोच्च शिखर, सगरमाथाको काखबाट, हामी स्पष्ट र दृढताका साथ—सन्देश दिन्छौंस्
    . हिमाल जोगाउनु भनेको पृथ्वी जोगाउनु हो।
    . हिमाल जोगाउनु भनेको महासागरहरू जोगाउनु हो।
    . हिमाल जोगाउनु भनेको स्वयं मानवता जोगाउनु हो।

    यो संवाद केवल संवाद मात्र हुन नजाओस्, एक संकल्प होस् । सुनिने एउटा संकल्प, कार्यमा उत्रने, र हातेमालो गर्दै— भद्र, बौद्धिक, र करुणामय संसारतर्फ अघि बढ्ने संकल्प ।

    महिला तथा सज्जनबृन्द,
    जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन ।
    यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो ।
    यसले सबै थोकलाई लपेट्छ, हाम्रो पृथ्वी, हाम्रा जनता, र हाम्रो साझा समृद्धि ।
    कुनै पनि राष्ट्र यसबाट अछुतो छैन।
    कुनै पनि समाज पूर्ण सुरक्षित छैन।
    तर सबैभन्दा बढी असर तिनीहरूमाथि परेको छ, जो यसको लागि सबैभन्दा कम जिम्मेवार छन् ।
    ती गरिबहरू,
    ती अत्यन्त असुरक्षितहरू,
    ती हिमाली र कम विकसित राष्ट्रहरू ।
    नेपाल पनि तीमध्ये एक हो ।
    यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन ।
    तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं।
    हिमनदीहरू पग्लिरहेका छन्।
    वर्षा अनिश्चित बन्दै गइरहेको छ।
    पहिरोहरूले घर-बास बगाइरहेका छन्।
    बाढी र खडेरी अकस्मात आउँछन् ।
    तर अझै, हामी डटिरहेका छौं।
    हाम्रा उत्सर्जनहरू न्यून छन्ल, गभग नगण्य।
    तर वाताबरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् ।
    हाम्रा हिमालय पूरै क्षेत्रलाई चिस्याउने प्रकृतिको आफ्नै जलवायु सन्तुलिका हुन्।
    हाम्रा जंगल जसले हाम्रो आधा भू-भाग ढाकेका छन् कार्बन सोस्छन्, आशाको सास फेर्छन्।
    हाम्रा नदीनाला हिउँले ढाकिएका शिखरहरूबाट बग्छन् लाखौंको प्यास मेटाउछन्।
    हाम्रा संरक्षित क्षेत्रहरू प्रकृतिका पवित्र मन्दिर हुन् धरतीको समृद्ध जैविक विविधतालाई सँ संहाल्छन्।
    नेपालले सन् २०४५ सम्ममा खुद-शून्य उत्सर्जनको प्रतिबद्धता जनाएको छ।
    विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष पहिले।
    हामी अनुकूलित योजनाहरू अघि बढाइरहेका छौं।
    हामी हाम्रो अर्थतन्त्रलाई हरिततर्फ मोड्दैछौं।
    हामी दीगोपनलाई हाम्रो राष्ट्रिय दृष्टिकोणमा जोड्दैछौं।
    तर हामी यी काम एक्लै गर्न सक्दैनौं।
    कुनै देशले पनि एक्लै गर्न सक्दैन।
    जलवायु परिवर्तन एक वैश्विक आपत् हो।
    यसको समाधान पनि वैश्विक हुनुपर्छ।
    एक यस्तो उपाय न्यायमा आधारित।
    उत्तरदायित्वमा आधारित।
    ऐक्यवद्धताबाट उत्प्रेरित ।
    जलवायु न्यायले हाम्रो मार्गदर्शन गर्नुपर्छ।
    जसले सबैभन्दा बढी प्रदूषण गर्छन्—उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ।
    उनीहरूले संवेदनशील राष्ट्रहरूलाई सहयोग गर्नुपर्छ— वित्तमार्फत, प्रविधिमार्फत, क्षमता अभिबृद्धिमार्फत् ।
    र, हामी हिमाललाई नबिर्सौं।
    विश्वका वार्ताहरूमा तिनीहरू प्रायस् जसो उपेक्षित हुन्छन्।
    तर तिनैले जलवायु सन्तुलन कायम राख्छन्।
    तिनैले पानीको भण्डारण गर्छन्।
    तिनैले जमिनलाई पुनःसिञ्चित गर्छन्।
    तिनैले जीवनको रक्षा गर्छन् ।
    जब हिमाल पग्लिन्छन् उपत्यकाहरू पीडित हुन्छन्।
    नदीहरू सुक्छन्।
    बालीहरू नष्ट हुन्छन्।
    सागरहरू उर्लन्छन्।
    जीवन विखण्डित हुन्छ।
    हिमालय हाम्रो तेस्रो ध्रुव विश्व औसतभन्दा छिटो तात्दैछ ।
    हिमनदीहरू हराउँदैछन्।
    हिमतालहरू फैलिंदैछन्।
    तटीय क्षेत्रका करोडौं मानिसहरू जोखिममा छन्।
    हामीलाई साहसी, एकीकृत दृष्टिकोण चाहिएको छ।
    ूहिमालदेखि महासागरसम्मू को सोच।
    हिमालहरू उपयुक्त सम्मानका हकदार हुन् हामीले ध्यान दिनुपर्छ
    विशेष वित्तीय सहयोगसहित।
    तदनुकूलका नीतिहरू सहित।
    हामीले स्वच्छ ऊर्जामा लगानी गर्नुपर्छ।
    जलवायु(उत्थानशील बालीहरू बढाउनु पर्छ।
    महिला र युवालाई अगाडि ल्याउनु पर्छ।
    र विस्थापितहरूलाई सुरक्षा दिनुपर्छ।
    आउनुस् जोखिम मूल्याङ्कन बलियो बनाऔं ।
    पूर्व सूचना प्रणाली निर्माण गरौं।
    डाटा साझेदारी गरौं।
    सीमापार सहकार्य मजबुत पारौं।
    र सबैभन्दा महत्वपूर्ण, हाम्रो प्राचीन ज्ञानलाई आधुनिक नवप्रवर्तनसँग आवद्ध गरौं।
    यसरी नै हो, दीगो उत्थानशीलता बढाउने ।
    यसरी नै हो, पृथ्वीको सम्मान गर्ने ।
    र यसरी नै हो, हाम्रो साझा भविष्य जोगाउने ।
    महिला तथा सज्जनबृन्द,
    हिमालहरूले हामीलाई प्रेरणा दिन्छन्
    अलग रहने भनेर होइन,
    अझै माथि उठ्न सकिन्छ भनेर हो।
    तिनीहरूले दृष्टिकोण दिन्छन्।
    तिनीहरूले हामीलाई आफूभन्दा बाहिर पनि सोच्न सिकाउँछन्।
    त्यही भावना अनुरूप, हाम्रो संवाद पनि उचाइमा पुग्नुपर्छ
    सङ्कीर्ण स्वार्थहरूभन्दा माथि।
    साझा उच्च उद्देश्यतर्फ।
    आउनुहोस्, हामी हातेमालो गरौं।
    साहस र संवेदनाका साथ अगाडि बढौं।
    न्यायपूर्ण भविष्यका लागि।
    दीगो पृथ्वीका लागि।
    हामीलाई चाहिन्छ नवीन संकल्प।
    साहसी विचार।
    नयाँ लगानी,
    र, क्षेत्रीय र विश्वव्यापी स्तरमा गहन सहकार्य ।
    हरित, उत्थानशील र दीगो भविष्य रोजाइ मात्र होइन।
    अघि बढ्ने एकमात्र बाटो हो।
    सगरमाथा संवाद हाम्रो विनम्र अर्पण हो
    सुन्ने गुन्ने, बोल्ने, र बुझ्ने वैश्विक मञ्च।
    विश्वास निर्माण गर्ने एक साझा थलो।
    सोचको यस्तो संसार जहाँ प्रकृतिसँगको सामञ्जस्यता
    र मानिसहरूबीचको समानता
    दूरको सपना होइन, जीवित यथार्थ बनोस्।
    आउनुहोस्, हामी आरोहण गरौं
    उत्थानशीलताको चुचुरोतिर
    न्यायको शिखरतिर
    र साझा आशामा निर्माण भएको भविष्यतिर।
    हामी तपाईंहरूको विद्धताको अपेक्षा गर्छौं।
    यस संवादभरि, तपाईंहरूका आवाजको तपाईंहरूको दृष्टिकोणको ।
    नेपालमा तपाईंहरूको समय आनन्ददायक र प्रेरणादायी रहोस्
    यस सगरमाथाको भूमिमा।
    यस बुद्धको भूमिमा।
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ