आइतबार, भदौ २३ गते २०८२

सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा जापान प्रस्थान

सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा जापान प्रस्थान

अखबार दैनिक
मंगलबार, जेठ ८ २०८२
  • सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा जापान प्रस्थान

    जेठ ६ काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जापान प्रस्थान गरेकी छिन् । जापानको टोकियोमा भोलिदेखि सुरु हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गएराति त्यसतर्फ प्रस्थान गरेकी हुन् । मन्त्री डा राणाले ज्येष्ठ नागरिकहरुमा हुने सामाजिक एकान्तता सम्बन्धी सो सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्नेछिन् ।

    एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल)द्वारा आयोजित सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहने छ ।

    ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक), सुरक्षित मातृत्व सञ्जाललगायतका संघसंस्थामार्फत् नेपाली महिलाहरूको आर्थिक उत्थान एवं सामाजिक संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्यरत रहेकी मन्त्री डा राणालाई सो कार्यक्रमको विशेष वक्ताका रूपमा आमन्त्रित गरिएको हो । जापानमा रहँदा उनले महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनी आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ