मंगलबार, असार ४ गते २०८२

देउवासँगको भेटपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

देउवासँगको भेटपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

अखबार दैनिक
मंगलबार, जेठ ८ २०८२
  • देउवासँगको भेटपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    images

    गभर्नर नियुक्ती गर्न दुई दलबिच सकस परेपछि सोमबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । त्यस लगत्तै ओली र देउवा भेटवार्ता गर्ने भनिए पनि उक्त भेटवार्ता समेत हुन सकेको थिएन ।

    तर, मंगलबार ओली र देउवाबिच करिब एक घण्टा छलफल गरेपछि आजै साँझ मन्त्रिपरिषद् बैठक बोलाएर गभर्नर नियुक्त गर्न ओली सहमत भएका हुन् । मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ