मंगलबार, असार ४ गते २०८२

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन् : कांग्रेस

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन् : कांग्रेस

अखबार दैनिक
सोमबार, जेठ १४ २०८२
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन् : कांग्रेस

    जेठ १२ काठमाडौँ । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकको उक्त प्रकरणमा गृहमन्त्री लेखकको गल्ती नभएको निष्कर्ष निकालेको हो ।

    images

    बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे सविस्तार जानकारी गराउनुभएको र त्यसमा आफ्नो कुनै पनि कमिकमजोरी र गल्ती नरहेको कुरा राख्नुभएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बताउनुभयो ।

    बैठकले गृहमन्त्री लेखकको कुरालाई पूर्णरूपमा विश्वास गरेर उहाँको उक्त प्रकरणमा कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको बैठकपछि प्रवक्ता डा महतले जानकारी गराउनुभयो । साथै बैठकले भिजिट भिसा प्रकरणमा संलग्नमाथि निष्पक्ष छानबिन गरेर कारबाही हुनुपर्ने मागसमेत गरेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ