काठमाडौँ । प्रतिनिधिसभा बैठक तीन घण्टा पर सारिएको छ । सत्तापक्ष र प्रतिपक्षीबिच सदन सञ्चालनका सम्बन्धमा सहमति नभएपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो एक बजे सूचना टाँसेर दुई बजेसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ ।
