विश्व वातावरण दिवस २०२५ को अवसरमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधेश प्रदेशको धनुषा जिल्लामा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ‘बिट द प्लास्टिक’ भन्ने मुल नारालाई आत्मसात् गर्दै प्लास्टिक प्रदूषण न्यूनीकरण तथा वातावरणीय सन्तुलनको सन्देश दिन आयोजित उक्त कार्यक्रम सोमबार जनकपुरधाम उपमहानगरपालिका–१३, मणी मण्डप परिसरमा सम्पन्न भएको हो।
बैंकले विभिन्न प्रजातिका झन्डै १०० भन्दा बढी विरुवाहरू रोप्दै वातावरण संरक्षणमा योगदान पुर्याएको जनाएको छ। कार्यक्रममा बैंकका क्षेत्रीय प्रमुख, स्थानीय जनप्रतिनिधि, समुदायका अगुवाहरू तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैंकका प्रतिनिधिहरूले बढ्दो जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न वृक्षारोपण जस्ता दीर्घकालीन कार्यले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।