काठमाडौं । बौद्धनाथ स्तूप एक प्रसिद्ध बौद्ध तीर्थस्थल हो । यो स्तूप संसारकै सबैभन्दा ठूलो गोलाकार स्तूपमध्ये एक मानिन्छ, जसले हजारौं पर्यटक र तीर्थयात्रीहरूलाई आकर्षित गर्छ ।
सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्र रहेको छ । बौद्धनाथ दक्षिणबाट मुगलको आक्रमण पश्चात १४औं शताब्दीतिर बनेको थियो । यद्यपि, यसको निर्माणसम्बन्धी धेरै रोचक कथा रहेको छ ।सन् १९५९ तिब्बतमाथि चीनको आक्रमणले गर्दा हजारौ संख्यामा आएका तिब्बती शरणार्थीहरू नेपाल आए पश्चात बौद्धनाथ स्तूप तिब्बती बुद्ध धर्मको महत्त्वपूर्ण केन्द्र बनेको थियो ।
तस्वीर – नेपाल न्युज बैंक