बिहीबार , साउन २१ गते २०८३

ट्राफिक व्यवस्थापनको एकीकृत कार्ययोजना बनाउन गृहमन्त्री थापाको निर्देशन

ट्राफिक व्यवस्थापनको एकीकृत कार्ययोजना बनाउन गृहमन्त्री थापाको निर्देशन

अखबार दैनिक
शुक्रबार, साउन ९ २०७७
  • ट्राफिक व्यवस्थापनको एकीकृत कार्ययोजना बनाउन गृहमन्त्री थापाको निर्देशन

    ९ साउन, काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापाले विकाससँग प्रत्यक्ष जोडिएका यातायात आवागमनलाई चुस्त पार्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

    बिहिवार मन्त्रालयमा आयोजित ट्राफिक व्यवस्थापन सम्बन्धि छलफलमा उहाँले ट्राफिक व्यवस्थापनको एकीकृत कार्ययोजना बनाउन समेत निर्देशन दिए ।

    “सवारी आवागमनलाई नियमित गर्ने महत्वपूर्ण भूमिका ट्राफिक प्रहरीको हो, ट्राफिक व्यवस्थापन विकाससँग प्रत्यक्ष जोडिएको हुन्छ”, गृहमन्त्री थापाले भने, “यातायात अवरोध नहोस्, नियमित होस् भन्नेतर्फ ध्यान जाओस् ।”

    मन्त्री थापाले प्रतिप्रश्न गर्दै भने, “नागढुंगाबाट सिंहदरबार आउन तीन घण्टा लाग्ने हो भने जनताले कसरी सेवा पाउने र उद्योगीले आफ्नो व्यवसाय कसरी अगाडि बढाउन सक्छ ?”

    यातायात राम्ररी चलेन भने विकास र सेवासमेत अबरुद्ध हुने उल्लेख गर्दै उनले हिजोको तुलनामा आवागमन केही प्रभावकारी भए पनि अझै नपुग रहेको बताए । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार