सोमबार, असार ३ गते २०८२

विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनु भ्रष्टाचार हो : सुवाल

विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनु भ्रष्टाचार हो : सुवाल

अखबार दैनिक
सोमबार, असार ३ २०८२
  • विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनु भ्रष्टाचार हो : सुवाल

    काठमाडौँ । सांसद प्रेम सुवालले जनताबाट उठाएको कर र विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई छुट्ट्याउनु एक प्रकारको भ्रष्टाचार भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । 

    images

    ‘मामाको धन फुपूको श्राद्ध बनाउन खोजिएको हो र । यो बजेटमा राजनीतिक दल र तिनका नेताहरूको नैतिकता हराएको छ,’ उनले भने, ‘जनताबाट उठाएको कर र विदेशीबाट लिइएको ऋणबाट ल्याइएको बजेट पार्टी कार्यालयलाई  छुट्ट्याउनु एक प्रकारको भ्रष्टाचार नै हो ।’

    साथै नेपाल किसान मजदुर पाटीले संसदमा उठाएका जनताका विषयमा बजेट विनियोजन नभएको र विनियोजन गर्न जरुरी रहेको उनको भनाइ छ । 

    उनले सरकारले चुनढंगा निर्यात गर्ने व्यवस्था बजेटमार्फत गरेकोप्रति पनि प्रश्न उठाए । उनले भने, ‘गिटी ढुङ्गा भारतलाई बेच्ने चुरे दोहन गर्ने व्यवस्थाले अन्ततः देश दोहन गर्नेछ । औषधीदेखि टुथपेष्ट बनाउन प्रयोग हुने चुनढंगा भारतलाई बिक्री गर्न ल्याइएको हो र ? बहुदलीय प्रजातन्त्रसँगै सुरु भएको चुरे दोहन अहिले देश दोहनमा पुगेको छ ।’ 

    साथै सुवालले सरकारले तीन करोडभन्दा कमका बजेट नराख्ने भने पनि १ हजार बजेट भएका आयोजनासमेत समावेश गरेको आरोप लगाए ।  ‘सरकारले राज्यकोष दोहन गर्नु जनताको अधिकार दोहन गर्नु सरह हो ,’ उनले भने । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ