काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यले भने नयाँ रेकर्ड बनाएको छ । आज चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।