काठमाडौँको मुलपानीमा चिनियाँ दूतावासको गाडी दुर्घटनामा परेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीका अनुसार चिनियाँ दूतावासको ११ सिडी ६१९ नम्बरको गाडी पुलबाट खोल्सामा खसेको हो। गाडीमा चिनियाँ नारिक सवार थिए र उनीहरू आमा, छोरा हुन्। गाडी अनियन्त्रित भएर खोल्सामा खसेको थियो।
                            
                        