पूर्व-पश्चिम राजमार्गको दाउन्नेमा पहिरो जाँदा राजमार्ग केहीबेर अवरुद्ध भए पनि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा पहिरो खसेपछि केहीबेर राजमार्ग अवरुद्ध भएपनि अहिले एकतर्फी रुपमा सञ्चालनमा आएको आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।
यसअघि दाउन्नेको विश्वकर्मा मन्दिर नजिकै दिउँसो पौने १ बजेतिर पहिरो झरेपछि राजमार्ग दुईतर्फी अबरुद्ध भएको थियो । लगत्तै बुटवल नारायणगढ सडक विस्तार आयोजनाले पहिरो पन्छाउको थियो ।