बिहीबार , साउन २१ गते २०८३

वर्षाले बैतडीको एक घरमा क्षति

वर्षाले बैतडीको एक घरमा क्षति

शुक्रबार, साउन २३ २०८२
  • वर्षाले बैतडीको एक घरमा क्षति

    लगातारको वर्षाले बैतडीमा एक घर भत्किएको छ । सुर्नया गाउँपालिका-३ तडीगाउँ गैरका धर्मे भट्टको दुईतले ढुङ्गाको कच्ची घर भत्किएको हो ।अविरल वर्षाका कारण आज बिहान पानी घरभित्र पसेर पूर्ण रूपमा क्षति भएको अस्थायी प्रहरी पोष्ट सतबाँझका इञ्चार्ज अम्बादत्त जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाका कारण घरभत्किएपछि भट्टको परिवारलाई आफन्तकोमा बसिरहेका छन् ।

    घर भत्किएको समयमा भित्र कोही नरहेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घर भत्किएपछि आफूहरूलाई बसोबासका लागि समस्या भएको भन्दै तत्काल वैकल्पिक व्यवस्था गर्न भट्टले सरोकार भएका निकायसँग आग्रह गर्नुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार