सोमबार, भदौ १७ गते २०८२

काबेलीले सिनाम पावर हाउसका एक्साभेटर र टिपर बगायो

काबेलीले सिनाम पावर हाउसका एक्साभेटर र टिपर बगायो

अखबार दैनिक
सोमबार, भदौ १७ २०८२
  • काबेलीले सिनाम पावर हाउसका एक्साभेटर र टिपर बगायो

    गएराति परेको अविरल वर्षासँगै पानीको बहाव बढेपछि काबेली खोलाले सिनाम पावर हाउसमा रहेका दुई वटा एस्काभेटर र दुई वटा टिपर बगाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार काबेली खोलाले नम्बर नखुलेका दुईवटा एस्काभेटर र दुईवटा टिपर बगाएको हो ।

    सिरीजङ्घा गाउँपालिका–१ स्थित उक्त पावरहाउसबाट बगाएका दुई वटा एस्काभेटर भने करिब २० मिटर तल डुबेको अवस्थामा छन् भने दुई वटा टिपर भेटिएका छैनन् । बाँकी टिपरको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ ।

    वर्षाकै कारणमाथिबाट पहिरो झरेपछि सिरीजङ्घा गाउँपालिका–५ पेदाङस्थित हाङमाया थुङ्गिीम ९लिम्बू० को परिवार पूर्णरूपमा विस्थापित भएको छ भने अन्य पाँच घर जोखिममा परेको स्थानीय राजनीतिकर्मी खेलप्रसाद बुढाक्षेत्री (पराग) ले जानकारी दिनुभयो ।

    यस्तै सोही गाउँपालिका ७ नंम्बर वडामापर्ने महेन्द्र आधारभूत विद्यालयको खेलमैदानमा समेत क्षति पुगेको छ । नयाँ बन्दै गरेको भवन छेउबाट पहिरो झरेको वडा सदस्य जगत साम्यूले जानकारी दिनुभयो ।

    गएराति जिल्लाका विभिन्न ठाउँमा भारी वर्षाभएको थियो । वर्षाका कारण साना ठूला पहिरोले बर्खे बालीनालीमासमेत क्षति पुगेको स्थानीयले बताएका छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार