काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले घटेको छ । आज बजार ५.१७ अंकले घटेर २५६६.१६ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटे पनि बुधबार कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब ५७ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ४५ करोडको कारोबार भएको छ । त्यसैगरी आज ८५ कम्पनीको सेयर मुल्य बढेको छ भने १५९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।
