काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ३७ हजारमा कारोबार भएको थियो ।
त्सैगरी आज चाँदी प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
