बुधबार, भदौ १९ गते २०८२

अख्तियारलाई सत्तारुढ दलीयकरण गरियो : रास्वपा

अख्तियारलाई सत्तारुढ दलीयकरण गरियो : रास्वपा

अखबार दैनिक
बुधबार, भदौ १९ २०८२
  • अख्तियारलाई सत्तारुढ दलीयकरण गरियो : रास्वपा

    प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपा सांसद हरि ढकाल अख्तियारलाई दलीयकरण गरेर सत्तारुढ दलहरूले सेपमा राखिरहेको आरोप लगाए । ‘अख्तियार दुरुपयोग अनुसनधान आयोलाई दलीयकरण गरिएको छ । साइजमा राखिएको छ । ०८४ पछि यो रहँदैन,’ सांसद ढकालले भने । 

    उनले भिजिट भिसा प्रकरणमा आफूहरू ९५ दिनदेखि सदनमा आन्दोलित भए पनि  सत्ता पक्षले नसुनेको बताए । सत्ता पक्षले आफूहरूले सदनमा बोलेको दुई मिनेट समयको विषयलाई बंग्याउन घण्टौ समय खर्चिइरहेका आरोप लगाए । 

    विरोधको आवाजलाई बन्देज गरेर लोकतन्त्र नबच्ने ढकालले बताए । उनले दलीयकरणका कारणले लोकतन्त्रमाथि छाँया परेको आरोप लगाउँदै ०८४ मा आम नागरिकले यो शैलीको हेक्का राखेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार