बिहीबार , भदौ २० गते २०८२

फेसबुक, युट्युब बन्द नगर्न रास्वपाको माग

फेसबुक, युट्युब बन्द नगर्न रास्वपाको माग

अखबार दैनिक
बिहीबार , भदौ २० २०८२
  • फेसबुक, युट्युब बन्द नगर्न रास्वपाको माग

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेसबुक र युट्युब जस्ता सामाजिक सञ्जाल हतारमा बन्द गर्ने निर्णयमा नपुग्न सरकारलाई आग्रह गरेको छ ।

    बिहीबार प्रतिनिधिसभाको बैठकमा पार्टीका तर्फबट बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले भने, ‘सामाजिक सञ्जाल व्यवस्थित गर्नुपर्छ । दर्ता गरेर नियमनमा ल्याउनुपर्छ । यसका लागि वार्ता र रणनीति अपनाउनुपर्छ । हतारमा बन्द गर्ने होइन,’ उनले भने, ‘तर, सरकार एक हप्ता र दुई हप्ताको धम्कीको शैलीमा उत्रिएको छ । यो जनहित विपरीत छ ।’

    नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९० प्रतिशत नाघिसकेको र लाखौंको रोजगारी र व्यवसाय सामाजिक सञ्जालसँग समेत जोडिएको उनले स्मरण गरे । यसलाई ख्याल नगरी सरकारले फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जाल बन्द गर्न लागेको भनेर उनले खबरदारी गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार