नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला एकसाता लामो चीन भ्रमणमा जाने भएका छन् । स्रोतले दिएको जानकारीअनुसार उनी शुक्रबारदेखि चीन भ्रमणमा रहनेछन् । एक विश्वविद्यालयको निमन्त्रणमा चीन जान लागेका डा। कोइरालाले भ्रमणको औपचारिक जानकारी भने सार्वजनिक गरेका छैनन् ।
