काठमाडौं । भ्रष्टाचार, प्रशासनिक बेथिति र दर्ता नभएका सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा जेन–जीद्वारा सञ्चालन गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
घाइतेको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार, मृत्यु भएकाको परिचय खुल्न बाँकी छ भने करिब १०० जना जतिको सिभिल अस्पतालमा उपचार भइरहेको बताइएको छ
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                    