मंगलबार, भदौ २५ गते २०८२

त्रिवि शिक्षणमा उपचाररत युवामध्ये दुईको अवस्था गम्भीर

त्रिवि शिक्षणमा उपचाररत युवामध्ये दुईको अवस्था गम्भीर

अखबार दैनिक
मंगलबार, भदौ २५ २०८२
  • त्रिवि शिक्षणमा उपचाररत युवामध्ये दुईको अवस्था गम्भीर

    काठमाडौँ । जेनजी युवाहरूले गरेको आन्दोलनका क्रममा घाइते भएकामध्ये २५ जना त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।

    जसमध्ये दुई जना अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी काली प्रसाद रोस्याराले बताए । घाइते भएका मध्ये ६ जनालाई शल्यक्रिया गर्ने तयारी गरिरहेको उनको भनाइ छ ।  जसमा एक जनालाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरिएको छ । 

    उपचाररत बिरामी १६ वर्षदेखि ३२ वर्षका युवा रहेको सूचना अधिकारी रोस्याराले बताए । अस्पतालमा सोमबार घाइते एक जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार