बुधबार, भदौ २६ गते २०८२

झलनाथ पत्नी रविलक्ष्मी खतरामुक्त

झलनाथ पत्नी रविलक्ष्मी खतरामुक्त

अखबार दैनिक
बुधबार, भदौ २६ २०८२
  • झलनाथ पत्नी रविलक्ष्मी खतरामुक्त

    काठमाडौँ । जेनजी प्रदर्शनकारीबाट भएको आगजनीमा परी घाइते भएकी नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार बोल्न सक्ने अवस्थामा रहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताएका छन् । 

    उनका अनुसार अहिले उनको उपचार भइरहेको छ र स्वास्थ्यमा सुधार भइरहेको छ ।मंगलबारको हिंसात्मक प्रदर्शनका क्रममा डल्लुस्थित झलनाथको घरमा पनि आगो लगाइएको थियो । 

    त्यसवेला नेता झलनाथ घरबाहिर थिए भने घरमै रहेकी रविलक्ष्मी आगोमा जलेकी हुन् । अहिले उनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ । चिकित्सकले उनी ‘खतरामुक्त’ भनेको भट्टराईले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ