शनिबार, भदौ २९ गते २०८२

कान्तिपुर टेलिभिजनको नियमित प्रशारण शुरु

कान्तिपुर टेलिभिजनको नियमित प्रशारण शुरु

अखबार दैनिक
शुक्रबार, भदौ २८ २०८२
  • कान्तिपुर टेलिभिजनको नियमित प्रशारण शुरु

    कान्तिपुर टेलिभिजनले शुक्रवारदेखि नियमित प्रशारण शुरु गरेको छ । जेन–जी आन्दोलनका क्रममा तीनकुनेस्थित टेलिभिजनको कार्यालयमा आगजनी भएपछि बन्द भएको प्रशारण आज अपरान्ह ४ बजेदेखि शुरु भएको हो ।

    हाललाई आगलागीबाट जोगिएको स्टुडियो ३ बाट टेलिभिजनको नियमित प्रशारण थालिएको कान्तिपुरले जनाएको छ । जेन–जी प्रदर्शनका क्रममा कान्तिपुर टेलिभिजनका साथै थाथापलीमा रहेको कान्तिपुर पब्लिकेसन्सको कार्यालयमा समेत आगजनी र तोडफोड भएको थियो । जसका कारण ई–कान्तिपुर अनलाइनसमेत अवरुद्ध भएको थियो । —न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ