अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सरकार विस्तारको तयारी गरेसँगै नयाँ मन्त्रीको नामहरू चर्चा हुन थालेका छन्। नयाँ बनेको अन्तरिम सरकारमा स्वास्थ्य क्षेत्रकै विशेषज्ञ विज्ञहरूको चर्चा रहेको छ। जसमा चर्चित नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत, वरिष्ठ स्नायु रोग विशेषज्ञ तथा हाल काठमाडौं महानगरका मेयर बालेन शाहका स्वास्थ्य सल्लाहकार प्रा.डा जगदिशप्रसाद अग्रवाल, चिकित्सा शिक्षाको क्षेत्रमा अभियान्ताको रुपमा अघि बढ्दै आएका बरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसी, चर्चित वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला, स्त्री रोग विशेषज्ञ भोला रिजाल लगायतको नाम चर्चामा रहेको छ।
